गजल
थाहा हुन्छ...

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

रोपेपछि बोट फल्छ फल बल्ल थाहा हुन्छ।।
जीवन के हो अन्तिम पल बल्ल थाहा हुन्छ।।

त्यागेर स्वार्थ उठेर आफुभन्दा धेरै माथि
महसुस गर्छौ हलचल बल्ल थाहा हुन्छ।।

आफ्नो साथमा समुन्द्र हुँदा विश्वास लाग्दैन
मरुभूमि पुगेपछि जल बल्ल थाहा हुन्छ।।

आफ्नै हुन् भनि तिमी जब हृदय विछाउँछौं
गुमाएपछि सर्वश्व छल बल्ल थाहा हुन्छ।।

जवानी रसरङ्ग भुलेको पत्तै पाउँदैनौं
बुढेसकालमा के हो बल बल्ल थाहा हुन्छ।।


  • शारदा चौलागाईं, काठमाण्डौय

Leave a Reply

Your email address will not be published. Required fields are marked *