रुसमा कोरोना संक्रमणबाट एकै दिनमा १००० जनाको मृत्यु

काठमाडौं । रुसमा एकै दिनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट एक हजार मानिसको मृत्यु भएको छ ।

कोरोना महामारी सुरु भएपछि पहिलो पटक एकै दिनमा रुसमा यति धेरै मानिसको मृत्यु भएको हो ।

रुस सरकारले भने नागरिकहरुले कोरोनाविरुद्ध खोप नलगाएका कारण संक्रमण बढेको बताएको छ । मानिसहरुमा भने खोपप्रति भरोसा कम छ । यही कारण स्पुतनिक भी खोप उत्पादन गरेको रुसमा जम्मा एक तिहाई नागरिकले मात्र खोप लगाएका छन् ।

शनिबार रुसमा ३३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । सरकारी तथ्यांक अनुसार हालसम्म २ लाख २२ हजार मानिसको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार