सुनको मूल्य ६ सय रुपैयाँले बढ्यो, चाँदी १४ सय नजिक

२५ पुष २०७९
काठमाडौं। सुनको मूल्य लगातार उकालो लाग्ने क्रम जारी छ। अघिल्लो दिनको भन्दा ६ सय रुपैयाँ बढ्दा सोमबार बजार मूल्य प्रतितोला १ लाख ३ हजार ९ सय रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य लगातार बलियो हुँदा नेपाली बजारमा सोझै प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साताको अन्तिम दिनका तुलनामा आइतबार सुन एक हजार रुपैयाँले बढ्दै प्रतितोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि बढेको छ। सोमबार कारोबार मूल्य तोलाको १३ सय ९० रुपैयाँ भएको छ। अघिल्लो दिनका तुलनामा तोलामा १० रुपैयाँ बढेको हो।

१५ रुपैयाँ बढ्दा आइतबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस १८७५.९५ डलर छ भने चाँदी प्रतिऔंस २३.९७ डलरमा छ। आइतबार सुन प्रतिऔंस १८६६.१३ डलर र चाँदी २३.८४ डलरमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार