सुनको मूल्य प्रतितोला नौ सय रुपियाँ बढ्यो

पुस १९, २०७९

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ९ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ६ सय र तेजाबी सुन प्रतितोला १ लाख २ हजार १ सय रुपियाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय १० रुपियाँमा कारोबार भईरहेको महासंघले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार