पर्यटक पर्खंदै बुद्ध जन्मस्थल लुम्बिनी

रुपन्देही । कोरोनाको महामाहरी नभइदिएको भए यस वर्ष बुद्ध जन्मस्थल लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक अटाई–नअटाई हुने थिए । एक त लुम्बिनी विश्वका बौद्धमार्गीहरुको आस्थाको केन्द्र, अर्को कुरा नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेकाले नेपाल आएका विदेशी पर्यटकमध्ये अधिकांश त कम्तीमा एकपटक लुम्बिनी पुग्ने चाहना राख्थे नै । यी सबै सम्भावनाहरुलाई विश्वभर फैलिएको महामारीले असम्भव बनाइदिएको छ।

–रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार