कलेज ‘ड्रपआउट’ बिल गेट्सको अनाैठाे आचरण

'हरेक पल सिक्नुहोस्'

बिल गेट्सको उमेर ६५ वर्ष पुग्यो ।

उनीसँग आफूले खर्च गर्न सक्नेभन्दा बढी पैसा छ । हामी भए दिनरात भोजभतेर गरेर संसार डुल्थ्यौं होला, साथीभाइ, आफन्त र परिवारलाई महङ्गा–महङ्गा उपहारहरु बाँड्थ्यौ‌ होला । उनी यो मामिलामा भिन्न छन् ।

उनको यस्तो भोक छ कि, कठिन विषय सिक्नु र अध्ययनमा लागिरहनु उनका लागि एकदम रुचिकर काम हो । एकान्तमा बसेर हप्तौंसम्म पढिरहन सक्नु उनको खुबी हो । कुनै पनि विषय गहिरोसँग बुझ्न लागिपर्छन् उनी । उनको यस किसिमको कामलाई उनले चिन्तन साता भन्ने नाम दिएका छन् ।

उनी जहाँ जान्छन् झोलामा किताब र पढ्ने सामाग्री बोकेर जान्छन्, उनको सहयोगीले यसका लागि व्यवस्था मिलाइदिन्छन् । एउटा विषयमा अध्ययन गर्नुप-यो भने उनी एउटा मात्र किताबको भर पर्दैनन् बरु विभिन्न प्रतिवेदन, कम्तीमा पनि ४–५ वटा किताब र अन्य स्रोतहरुको उपयोग गर्छन् ।

विभिन्न जटिल समस्याहरुको समाधान निकाल्नु अपरिहार्य भएका कारण नै उनी निरन्तर सिक्न आतुर हुन्छन् । हामी पनि उनीजस्तै बन्ने हो भने तत्काल उत्तर पत्ता लगाउन पढ्ने चिन्तन हटाउनु जरुरी छ । र, गहिरो एवम् विस्तृत अध्ययन, अनुसन्धान र खोज गर्ने बानी विकास गर्नुपर्ने हुन्छ ।

उनी समस्या मात्र जान्न चाहँदैनन्, बरु यो चाहन्छन् कि समस्या किन र कसरी उत्पन्न भयो भन्ने कुराको गहिराइमा पुग्न सकौँ । उनी आफैं कलेज ‘ड्रपआउट’ हुन् । उनी आफू भर्ना नै नभएका कक्षामा बस्ने गर्दथे किनभने उनलाई ती कक्षामा सिक्ने रुचि जागेको थियो ।

उनले आफ्ना साथी र अनुयायीलाई हुने गरी वार्षिक रुपमा किताबको सिफारिस सूची प्रकाशन गर्ने गर्दछन् । यदि तपाईं किताब देख्नेवित्तिकै नाक खुम्च्याउनुहुन्छ भने महान ज्ञानको लागि आफ्नो मार्ग अप्ठेरो बनाउँदै हुनुहुन्छ ।

बिल गेट्सबाहेक एलन मस्क, स्टिभ जब्स, मार्क जुकर्वर्गजस्ता महान व्यक्तिहरुले पठनप्रेम बारे खुलेर बोलेका छन् । यदि उनीहरुजस्तै बन्न चाहनुहुन्छ भने, पहिलो र सबभन्दा सजिलो कदम भनेकै पठनप्रेम र पठन बानी नै हो ।

कुनै पनि मन लोभ्याउने किताब उठाउनूस् र पढ्न थाल्नूस् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार