शेयर बजारमा २०.५५ अंकको बृद्धिः यी हुन् नौ प्रतिशत बढी नाफा कमाउने पाँच कम्पनी

पुस २४, २०७९
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा करीब साढे पाँच अर्बको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार साताको पहिलो दिन आज बजार २०.५५ अंकले बढेको हो । ०.९६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २१६४ं४८ अंकमा पुगेको छ ।

आज २५९ कम्पनीको एक करोड ४१ लाख ९ सय ८८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १।१९ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार बढेको दिन आज विभिन्न ५ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

खप्तड लघुवित्त, बाराही हाइड्रो, ङादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आईएमई सम्मुन्नत स्कीम १ का लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९३, ९.५४ र ९.३८ प्रतिशतले नाफा कमाएका छन् ।

त्यसैगरी बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२५ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज हिमालयन डिस्टिलरीका उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड २९ लाख ५२ हजार ५ सय ११।२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार