ओझेलमा बराहताल

पर्वत । पर्यटकीय सम्भावना बोकेको बराहताल ओझेलमा परेको छ। जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित सो ताल आवश्यक संरक्षण र प्रचारप्रसारको अभावमा ओझेल परेको हो ।

पूर्वाधार, संरक्षण र प्रचारप्रसारको अभावमा यो ताल ओझेलमा परेको स्थानीयवासीको भनाइ छ। समुद्री सतहदेखि एक हजार ९५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ। करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि, नीलगिरि र अन्नपूर्ण हिमाल रहेको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार