सरकारले विश्वासको मत पाउने ओलीको विश्वास

कठमाडौं, २४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाउनेमा आफु विश्वस्त रहेको जनाएका छन् ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसंगठन सुदृढीकरण कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार नेकपा एमालेले बनाएको सरकार भएको जनाएका हुन् ।

‘२६ गते विश्वासको मत ढाल्न खोज्नेहरु । यो सरकारले विश्वासको मत पाउँछ । यो एमालेले बनाएको सरकार हो,’ अध्यक्ष ओलीले भने ।

अहिलेको परिवर्तित सन्दर्भमा नेपालीले बनाएको सरकार भएको भन्दै अध्यक्ष ओलीले अरुले बनाइदिएको सरकार मान्नुपर्ने अवस्था अब नरहेको जनाएका हुन् ।

पार्टीले चुनाव जित्न नपाउने, कसैले बहुमत ल्याउन नपाउने खेल एमालेले निस्तेज पारेर सही दिशामा ल्याउन सफल भएको अध्यक्ष ओलीले जनाए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार