बाघ दिवस : शुक्लाफाँटामा पाटेबाघको सङ्ख्या बढ्दै

कञ्चनपुर ।  सुरक्षित बासस्थानले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या प्रतिवर्ष बढ्दो छ । निकुञ्ज कार्यालयले बासस्थानको संरक्षण, चोरी शिकारी नियन्त्रणलगायतका कार्य निरन्तररूपमा अगाडि बढाउँदै आएपछि पाटे बाघको सङ्ख्या बढ्दै गएको हो ।

सन् २०१८ मा गरिएको गणनाअनुसार निकुञ्जमा १६ पाटे बाघ फेला परेका थिए । त्यसमा भालेको सङ्ख्या नौ, पोथीको सङ्ख्या छ र लिङ्ग खुल्न नसकेको एक रहेको थियो । प्रत्येक पाँच वर्षमा गरिने बाघ गणनामा सन् २००९ मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० थियो ।

सन् २०१३ मा बढेर १७ पुगेको थियो । गएको पाँच वर्षको अवधिमा आठदेखि १२ को हाराहारीमा रहेको पाटे बाघको सङ्ख्या बढेर १६ पुगेको छ । थोरै क्षेत्रफल भएको सो निकुञ्ज बाघको धेरै घनत्व भएको क्षेत्रका रूपमा समेत रहेको छ ।

निकुञ्ज कार्यालयले गत महिना गरेको अनुगमनमा पाटे बाघको सङ्ख्या अघिल्ला वर्षको तुलनामा सुधारोन्मुख अवस्थामा रहेको पाइएको जनाएको छ । निकुञ्ज कार्यालयका सूचना अधिकारी रविन चौधरीका अनुसार पाटे बाघको अनुगमनको कार्य पूरा गरी स्वचालित क्यामेराबाट प्राप्त तस्वीर विश्लेषण गर्ने कार्य भइरहेको छ ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार