गृहले माग्यो देशभर खटिएका ‘सिभिल’ प्रहरीको विवरण

सोमबार, २५ पुस २०७९
काठमाडौँ । गृह मन्त्रालयले देशभर सादा पोसाकमा खटिएका प्रहरी कर्मचारीको विवरण मागेको छ । सूचना सङ्कलन गर्न र अपराध अनुसन्धानका लागी प्रहरीमा बर्दी बिनाका प्रहरी परिचालन गरिँदै आएको छ ।

‘सिभिल’मा खटिने प्रहरी पहुँचको आधारमा लामो समय एकै ठाउँमा बस्ने गरेका छन् । युनिट इन्चार्जहरूले उनीहरूलाई दुरुपयोग गर्ने गरेको सूचना आएपछि उप–प्रधान एवं गृहमन्त्री रवि लामिछानेले उनीहरूको विवरण सङ्कलन गर्न आदेश गरेका हुन् ।

गृह मन्त्रालयले सशस्त्र प्रहरीमा सूचना सङ्कलन गर्न खटिने सुरक्षाकर्मीको पनि विवरण मागेको छ । सशस्त्रको इन्टेलिजेन्स ब्युरो मातहत सूचना संकलनका लागि सशस्त्रका प्रहरी कर्मचारी खटिने गरेका छन् । इन्टेलिजेन्स ब्युरो अन्तर्गत मापदण्ड बनाएर सादा पोसाकमा सूचना संकलनका लागी उनीहरूलाई परिचालन गर्ने गरिएको जनाईएको छ ।
नेपाल प्रहरीमा चाहिँ जिल्ला र युनिट इन्चार्जहरूले आफूखुसी सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरेका छन् । जिल्ला इन्चार्ज र युनिट प्रमुखको स्वार्थमा ‘घुमुवा’हरुले काम गर्ने गरेको आरोप छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार