देउवाले प्रचण्डलाई बधाइ दिए

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।

देउवाले फोन गरेर प्रचण्डलाई बधाइ दिएका हुन् । प्रचण्स नेपाली कांग्रेससँग गठबन्धन गरेर निर्वाचनमा गएका थिए । सरकार गठनमा पनि पहिले यही गठबन्धनमा छलफल भएको थियो तर हिजो मात्र प्रचण्ड गठबन्धन तोडेर नेकपा एमालेका अध्यक्ष केपी ओलीकहाँ गएका थिए ।

नेपाली कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्ड नेकपा एमालेसहितका समर्थनमा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आज सोमबार अपरान्ह ४ बजे सपथ लिँदै छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार