त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अब २१ घण्टा सुचारु रहने

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौं, ३० मंसिर । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अबदेखि २१ घण्टा सुचारु रहने भएको छ । दैनिक ७ घण्टा बन्द हुँदै आएको विमानस्थल धावनमार्ग र ट्याक्सी जिर्णोद्धारको दोस्रो चरणको कामका लागि भदौ दोस्रो सातादेखि सञ्चालन योग्य भएको हो । त्यसैगरी दोस्रो चरणमा रनवे सेन्टर लाइन लाइट फेर्ने काम पनि सकिएको छ ।

विमानस्थलको ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको काम समेत सकिएको छ । यसैगरी निर्माण कम्पनीले सोमबार राति नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण गर्ने भएको छ । विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले बताए अनुसार अब विमानस्थल दैनिक २१ घण्टा सुचारु राख्नका लागि योग्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *