भारी बर्षाको सम्भावना

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

नेपालको पश्चिमी भुभागमा इरान र अफ्गानिस्तान माथि रहेको पश्चिमी वायुको प्रभावले देशभरि मौसममा बदली भएको छ ।
नेपालको उच्च पहाडी र हिमाली भुभागमा हिमपात सुरु भएको मौसमविद्ले बताएका छन् ।
यो प्रणाली आज विहीवार धेरै शशतm भई देशको मध्य र पुर्वका उच्च पहाडी र हिमाली भुभागमा हिमपात शुरु भएको मौसम विद् मञ्जु वासीको भनाँँई छ ।
साथै यस प्रणालीका कारण देशका पश्चिमी भुभागका धेरै स्थानमा र मध्य र पुर्वी भुभागका केही स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आगामी २४ घण्टाको मौसम पुर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भुभागका केही स्थानमा भारी र मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भुभागका एक दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने तथा यो क्रम शुक्रवार र शनिबार सम्म रहने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *