ग्लोवल इन्टरनेशनल अवार्ड 2019बाट छन्देले पाए उत्कृष्ट हास्यकलाकारको अवार्ड

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

यस बर्षको उत्कृष्ट हाँस्यकलाकारको विधाबाट गोपाल ढकाल छन्दे पुन सम्मानित भएका छन् । थाईलैण्डको पट्टयामा भएको ग्लोवल इन्टरनेशनल अवार्ड 2019बाट छन्देले उत्कृष्ट हास्यकलाकारको अवार्ड जितेका हुन् ।

यसअघी पनि यहि मंसीर २७ गते अर्थात १३ डिसेम्बरमा दुवईमा सम्पन्न दोश्रो अन्तराष्ट्रिय छाँयाछवी अनर अवार्ड २०७६ बाट पनि छन्दे उत्कृष्ट हाँस्यकलाकार विधाबाट सम्मानित भएका थिए । करिव १७ बर्षदेखी निरन्तर रुपमा नेपाली हाँस्यब्यंग्य क्षेत्रमा लागिपरेका छन्देले छ एकान छ, बडा नं. ६, सपनाको नौलो संसार, पर्खि बसेँ, मन परेपछि, दानविर, दाईको ससुराली, पोई प¥यो काले, नमस्ते नेपाल लगायत २ दर्जन भन्दा बढि ठुलो पर्दाका चलचित्रहरुमा अभिनय गरेका छन् भने सालिमार सिमेन्ट लगाएत दर्जनौ विज्ञापनहरुमा समेत काम गरिसकेका छन् । फूलमा माहुरी माया नलाई काँ जान्छेउ ए फ्याउरी भन्ने गीतबाट तितो सत्य टेलिश्रृंखलाबाट छन्दे ब्राण्ड बनाएका उनि सालिमार सिमेन्टका ब्राण्ड एम्वेसेडर पनि हुन । प्राय स्टेज प्रोग्राममा देश तथा विदेशमा व्यस्त रहने उनि करिव एक दर्जन देशकोे यात्रा समेत गरिसकेका छन् । हाल टेलिफिल्म टेन्सन साफ मा व्यस्त रहेका उनको पछिल्लो समय टेलिफिल्म ट्वाक्क टुक्क रिटन्समा अभिनय रहेको थियो । स्टेज कमेडिएन, उद्घोषक, कलाकार, समेत रहेका उनि गायक पनि हुन उनको पछिल्लो समय किनकी म नेपाली भन्ने गीत चर्चित रहेको छ ।

‘बुद्धका पाइला’ शीर्षकको टेलिश्रृंखलामा अभिनय गर्दै दर्शकमाझ आएका भिमाद, तनहुँका यी कलाकार पछिल्लो समयमा हास्य कलाकारका रूपमा स्थापित छन्। ‘हिजो आजका कुरा’ का केही भागमा अभिनय गरेपछि गोपाललाई दिपकराज गिरीले ‘तीतो-सत्य’ मा प्रस्तुत गरे। तीतो-सत्यको २४ औं भागदेखि ३ सय भागसम्म अभिनय गर्ने क्रममा गोपालले ‘छन्दे’ को उपनाम मात्र पाएनन्, यही नामबाट लोकपि्रय समेत भए। ‘फूलमा माहुरी, माया नलाई कहाँ जान्छेउ ए फ्याउरी…’ भन्दै गोपालले दर्शकको मन जिते। यसक्रममा उनले ‘फूलमा लाहुरे भैंसी’ गीति संग्रहसमेत तयार पारे। छन्देका रूपमा स्थापित भएपछि गोपालले करिब दुई दर्जन विज्ञापनमा समेत मोडलिङ गरे। रेडियो तथा टेलिभिजनमा मनोरञ्जनात्मक कार्यक्रमसमेत सञ्चालन गरे। सानो पर्दामा व्यस्त भैरहेकै बेला गोपालले चलचित्र ‘सावधान’ बाट हास्य कलाकारका रूपमा ठूलो पर्दाको यात्रा समेत प्रारम्भ गरेका हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *