विभाजनले असर गरेको छैन : ज्ञवाली

गुल्मी । नेकपा एमालेका सचिव एवम् पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीमा भएको विभाजनले नेकपा एमालेलाई कुनै असर नगरेको जिकिर गरेका छन् । नेकपा एमाले रेसुङ्गा नगर कमिटीको प्रथम अधिवेशनलाई आज सम्बोधन गर्दै उनले अधिकांश कार्यकर्ता तथा जनप्रतिनिधि विभाजनको विरुद्धमा रहेको बताए । पार्टीका केन्द्रीय कमिटीबाट  २३ प्रतिशत र स्थानीय तहबाट सात प्रतिशत मात्रै समाजवादीमा गएको जिकिर गर्दै सचिव ज्ञवालीले गुल्मीमा कोही पनि जननिर्वाचित प्रतिनिधिले एमाले नछोड्नु खुसीको कुरा भएको र एमाले छोडेकाहरू पनि फर्कने क्रम सुरु भएको बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार