लुम्बिनी प्रदेशमा आज १ बजे नवनिर्वाचित सांसदहरूको शपथ

बुटवल । लुम्बिनी प्रदेशका नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीस्थित नवनिर्मित प्रदेशसभा भवनमा दिउँसो १ बजे सपथ ग्रहण गर्ने प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
शपथका लागि प्रदेशका १२ वटै जिल्लाबाट निर्वाचित प्रदेश सांसदहरूमध्ये कतिपय शनिबार नै दाङ पुगिसकेका छन् । पहिलो ५ वर्षे कार्यकालका सबै बैठकहरू प्रदेश मुकाम बुटवलबाट भए पनि दोस्रो कार्यकालका सबैकामहरू स्थायी राजधानीबाट हुन लागेको हो ।

 

लुम्बिनी प्रदेश सभाको प्रथम बैठक सोमबार दिउँसो १ बजे राखिएको छ । नव निर्मित भवनमै प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठक बस्ने जनाईएको छ ।

पहिलो संसद बैठकको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । उनी गुल्मी निर्वाचन क्षेत्र नम्बर २ ख बाट निर्वाचित भएका थिए ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य छन । ५२ जना प्रत्यक्ष र ३५ जना समानुपातिक प्रणालीबाट निर्वार्चित सांसदहरू छन् ।

यसपटक नेकपा एमाले २९ सदस्यसहित सबैभन्दा ठूला दल बनेको छ। नेपाली कांग्रेसका २७ र नेपका माओवादी केन्द्रका ९ सांसद छन । राप्रपाका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टी, लोसपा र जनता समाजवादी पार्टीका ३र३ सांसद रहेका छन् ।

 

प्रत्यक्षमा कुनै सिट नजितेका राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीले समानुपातिकबाट एकरएक सांसद जितेका छन् । त्यस्तै स्वतन्त्रबाट तीन सिट जितेका छन् । उनीहरू सबै माओवादीबाट बिद्रोह गरी निर्वाचनमा उठेका थिए ।

२०७४ सालमा लुम्बिनीमा पाँच दलको मात्रै प्रतिनिधित्व थियो । यो पटक दश दलको प्रतिनिधित्व रहेको छ ।

लुम्बिनी प्रदेशमा एमाले वा माओवादी केन्द्रले मुख्य मन्त्री पाउने सम्भावना देखिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार