गरिबी निवारणका लागि योजना बनाएर काम हुन्छ: मन्त्री श्रेष्ठ

चितवन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइ रहेको जानकारी दिएकी छन् । आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिलेसम्म मन्त्रालयमा औपचारिक कार्यक्रम बाहेक केही नभएको जनाउँदै गरिबी निवारणका लागि योजना बनाएर काम गर्ने स्पष्ट पारिन् ।

उनले भनिन्, “गरिबी निवारणका लागि औपचारिक कार्यक्रम बाहेक केही नभएको रहेछ । अहिले योजना बनाउने काम भइरहेको छ ।” कर्मचारी गरिबी निवारण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्ययोजना बनाउने काममा व्यस्त रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा  उनले सुकुम्बासी समस्या समाधान संविधान अनुरुप गरिने जानकारी दिइन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार