प्रतिनिधि सभाको बैठक बस्दै

काठमाण्डाै । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित रुपमा संसदमा नाराबाजी गर्दै आए पनि सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कामकारबाही सञ्चालन गर्दै आउनुभएको छ । आज पनि सदनमा एमालेले विरोध गर्ने सम्भावना छ । आफूले कारबाही गरेका १४ सांसदकाे सूचना सभामुखले नटाँसेको भन्दै एमालेले नाराबाजी गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार