महाधिवेशन सफल बनाउन प्रधानमन्त्री देउवाको आह्वान

भक्तपुर । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशन सफल बनाउन आह्वान गरेको छ । नेपालीकांग्रेस सूर्यविनायक नगरपालिका वडा नं। ५ को वडा अधिवेशन शुक्रवार सिर्जनानगरमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थायित्व र संविधानको रक्षाका लागि कांग्रेसको महाधिवेशन सफल बनाउनुपर्ने बताएएको हो ।

उनले कांग्रेसलाई आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन पनि महाधिवेशन सफल बनाउनुपर्ने बताए । अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेर पार्टीमा एकताको सन्देश दिन आग्रह गर्दै देउवाले भन्नुभयो, ‘महाधिवेशन पार्टीलाई एकतावद्ध बनाएर लैजाने र आगामी कार्यकालको लागि कार्यनीति र नेतृत्व चयन गर्ने थलो हो ।’

उनले पार्टीलाई संवैधानिक संकट आउन सक्ने भएकाले कोरोनाको जोखिमका बीच महाधिवेशन गर्नुपरेको बताए। ‘कांग्रेसको वैधानिकता जोगाउन पनि कोरोनाको जोखिमका बीचमहाधिवेशन गर्नु परेको हो । महाधिवेशनलाई सफल बनाउन स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सहभागी हुन आह्वान गर्दछु,’ उनले भने।

-रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार