सभामुख सापकोटाको दाँतको शल्यक्रिया

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाको दाँतको शल्यक्रिया भएको छ ।मंगलबार बिहान ११ः४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनकोे माइनर ओरल सर्जरी भएको सचिवालयले जनाएको छ । उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो ।डेन्टल विभागकी प्रमुख डा. शैली प्रधान, डा. किशोर भण्डारी लगायतको चिकित्सकहरुको टोलीले परीक्षणपछि सफलतापूर्वक सर्जरी गरेका हुन् । सभामुख सापकोटाको दाँतमा समस्या आएपछि एक महिना अघि सर्जरीको समय लिइएको थियो ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार