सामुदायिक वनमा मानव कङ्काल भेटियो

काठमाडौं । पश्चिम चितवनका एक व्यक्तिको कङ्काल भेटिएको छ । भरतपुर महानगरपालिका–१३ पृथ्वीनगर निवासी ५५ वर्षीय वसन्तमणि सुवेदीको कङ्काल भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार गत भदौ २१ गते स्थानीय दक्षिणकाली सामुदायिक वनमा निउरो टिप्न गएका सुवेदीको शनिबार कङ्काल भेटिएको हो ।उनले लगाएको कपडा, टोपी, चप्पललगायतका कारण भेटिएको कङ्काल उनैको भएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको उनले जानकारी दिए ।

– रासस

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार