गजल

गजलकार राधा भुजेल

मनमा के छ के छ, नजर छ अर्कोतिर
बाध्यता छ एकातिर, रहर छ अर्कोतिर

हिजो कोही आयो, साथ दिन्छु भन्यो
भोलि छुट्टिनुपर्छ कि डर छ अर्कोतिर

बाआमाको मृत्यु भयो, दिदीको विवाह
भाइ पनि एउटै हो, बेखबर छ अर्कोतिर

यतिसम्म सोच्नुपर्छ बुहारी भैसकेपछि
यता सासुससुरा छन्, घर छ अर्कोतिर

हरेक वर्ष खेत भएकैतिर बाढी पस्छ
‘जा छोरा बाँध लगा’ बगर छ अर्कोतिर

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार