नेपाली ट्रक यात्राका कथामा अमेरिकामा बन्यो फिल्म

वासिङटन डिसी।  नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले फिल्म (डकुमेन्ट्री) मा समेटेका छन्। ‘टयाटुड ट्रक्स अफ नेपाल- हर्न प्लिज’ नाम दिइएको उक्त फिल्ममा नेपालको पारवाहन क्षेत्रको एक महत्त्वपूर्ण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ। साथै, नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ।

साँघुरा घुम्तीहरुमा उकालो ओरालो मापन गर्दै स्टेरिङ घुमाउन खप्पिस चालकहरुको आनीवानीदेखि भोगाइसम्मलाई यो डकुमेन्ट्रीमा समेटिएको छ। करिब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौंबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन रयान्सनले तयार पारेको उक्त फिल्मले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार