शेयर बजारमा ४६.७६ अंकको उछाल, पाँच अर्ब बढीको कारोबार

पुस २५, २०७९
काठमाडौं । शेयर बजारमा आज ४६.७६ उछाल आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से का अनुसार आज बजार ४६.७६ अंकले बजार बढेको हो । २.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२११.३८ अंकमा पुगेको छ ।

आज २५७ कम्पनीका एक करोड ४६ लाख ७६ हजार २ सय ६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड ४३ लाख ७ हजार ८ सय ५३.४३ रुपियाँ बराबरको कारोबार भएको हो ।

बजार उच्च अंकले बढेको दिन आज विभिन्न १६ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढी बढेको छ । आज बरुण हाइड्रो, खानीखोला हाइड्रो, छ्याङ्दी हाइड्रो, जोशी हाइड्रो, हिमालय उर्जा, यूनियन हाइड्रो, सिंगटी हाइड्रो र खप्तड लघुवित्तको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो ।

त्यसैगरी राधी विद्युत कम्पनी ९.९९, बाराही हाइड्रो ९.९८, पिपुल्स पावर ९.९७, हिमालयन पावर ९.९४, पञ्चकन्या माई हाइड्रो ९.६२, अरुण खोला जलविद्युत कम्पनी ९.५७, कुमारी धनबृद्धि योजना ९.४१ र घलेम्दी हाइड्रोको शेयर मूल्य ९.३४ प्रतिशतले बढेको छ ।

आज सबैभन्दा बढी स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले ३.५७ प्रतिशतले घाटा व्यहोरेका छन् । विभिन्न ३५ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य आज बढेको नेप्सेले जनाएको छ ।

आज रिडी पावर कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ६८ लाख १७ हजार ४ सय ५८.७० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

साताको पहिलो दिन आइतबार हिजो २०.५५ अंकले बजार बढ्दा ५ अर्ब ४५ करोड ९९ लाख २५ हजार १ सय १९ रुपियाँ बराबरको कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार