अर्थलाई प्रचण्डको निर्देशन– मोबाइल ल्याउँदाको समस्या,तत्काल मिलाउनू

काठमाडौं पुस १९, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट व्यक्तिगत प्रयोजनका लागि अतिरिक्त मोबाइल सहजरूपमा ल्याउन पाउने व्यवस्था लागू गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएका छन् । उनले मंगलवार अर्थमन्त्रालयलाई उक्त व्यवस्था लागू गर्ने वातावरण बनाउन अर्थलाई निर्देशन दिएका हुन् ।

मंगलवार विदेशबाट आएका एक नेपालीले दुईवटा मोबाइल ल्याउँदा एउटामा भन्सार तिर्नुपर्ने भन्दै विमानस्थलमा रोकेका थिए ।

प्रधानमन्त्री प्रचण्डको सचिवालयले विदेशबाट फर्किदा अतिरिक्त मोबाइल ल्याउन पाउने विषयमा जनस्तरबाट चासो राखिएको जनाउँदै अतिरिक्त मोबाइल ल्याउनका लागि कुनै नीतिगत तथा कानूनी अड्चन रहेमा त्यसको सहजीकरण गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा प्रधानमन्त्री कार्यालयले अर्थमन्त्रालयलाई तत्काल नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन निर्देशन दिएको छ । रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ ।’

यसअघि प्रधानमन्त्री प्रचण्डले मोबाइलमा एमडीएमएस प्रणाली लागू नगर्न र विदेशबाट फर्किने नेपालीले अतिरिक्त मोबाइल ल्याउँदा भन्सार लाग्ने व्यवस्था लागू नगर्न निर्देशन दिएका थिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार