मधेश प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा कृष्ण र रामसरोजको उम्मेदावरी

नेपाली कांग्रेसको मधेश प्रदेशसंसदीय दलको नेताका लागि आज निर्वाचन हुने भएको छ ।

जनकपुरधामस्थित पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा सदंसदीय दलको नेताको लागि दुईजना सांसदले उम्मेदवारी दर्ता गराएका हुन।

 

कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका कृष्णप्रसाद यादव र निवर्तमान संसदीय दलको नेतासमेत रहेका रामसरोज यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

बिहान ९ बजेदेखि १० बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तालिका थियो । कसैले उम्मेदवारी फिर्ता नलिएमा दिउँसो ३ देखि ४ बजेसम्म मतदान हुने कांग्रेसका मधेश प्रचारप्रसार प्रमुख नितेश गुप्ताले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार