प्रधानसेनापति शर्माद्वारा रथी राणालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दर्ज्यानी चिह्न लगाई दिएका छन्।

मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार