एमाले त्यागेका जोशीले पाए एकीकृत समाजवादी स्थायी कमिटीको जिम्मेवारी

काठमाडौं । नेकपा एमालेका नेता भानुभक्त जोशी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका हुन् ।

अध्यक्ष नेपालले जोशीलाई स्थायी कमिटी सदस्य बनाउने घोषणा गरे। जोशी नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष समेत हुन्। जोशीले एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएको पत्र पढेर सुनाएका थिए ।

जोशीले १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन कार्यान्वयन नभएको, पार्टीमा आग्रह, पूर्वाग्रहको अवस्था यथावत रहेको भन्दै राजीनामा दिएको बताए। यसअघि जोशी वनमन्त्रीसमेत भएका थिए ।

बझाङ क्षेत्र नम्बर १ बाट २०५१ सालमा प्रतिनिधिसभा र २०६४ सालमा संविधानसभा सदस्य बनेका थिए। उनी सुदूरपश्चिमका प्रभावशाली नेता मानिन्छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार