परराष्ट्रमन्त्री खड्काले गरे उपमहासचिव खरेसँग भेटवार्ता

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज राष्ट्रसङ्घीय शान्तिसैन्य परिचालनमा सहयोगीको भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच भएको वार्ता विश्वका द्वन्द्वग्रस्त क्षेत्रमा परिचालन हुने शान्ति सेना, विश्व शान्ति स्थापनामा शान्ति सेनामा रहेर नेपाली सेनाले गरेको योगदानका साथै नेपाल र राष्ट्रसङ्घबीच सुरक्षाको क्षेत्रमा सहयोगलाई सुदृढ पार्नेमा केन्द्रित रहेको न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्का लागि नेपालको स्थायी नियोगले जनाएको छ ।

आजै मन्त्री खड्काले बहराइनका आफ्ना समकक्षी अब्दुल लतीफ बिन राशिद अल ज्यानीसँग भेट गरे । भेटमा उनीहरूले मानव संसाधन, व्यापार, लगानी र पर्यटनको क्षेत्रमा द्विपक्षीय सहयोगबारे छलफल गरेका थिए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार