प्रहरी हिरासतमा रहेका अभियुक्त अस्पतालबाट फरार

वीरगन्ज । वीरगन्जमा प्रहरीको हिरासतमा रहेका एक अभियुक्त फरार भएका छन् । लागुऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ का १४ वर्षीय विक्की सोनार आइतबार बिहान फरार भएका हुन्।

भदौ १६ गते भारतको रक्सौलबाट आउँदै गरेका बेला वीरगन्जको इनर्वा नाकाबाट सोनारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको थियो। उनको साथबाट लागुऔषध नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुल बरामद भएको थियो ।

लागुऔषधसहित पक्राउ परेपछि उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो । पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार , प्रहरी हिरासतमै रहेका बेला भदौ २२ गते अचानक सोनारले रगत छाद्न थालेपछि उपचारका लागि त्यहि दिन नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा एकजना प्रहरी हवल्दारको निगरानीमै उपचाररत रहेका सोनार, आइतबार बिहान ८ बजेतिर प्रहरी हवल्दारलाई झुक्यार अस्पतालबाट फरार भएको प्रहरी उपरीक्षक पाण्डले बताए ।

प्रहरी हवल्दारको लापरवाहीकै कारण अभियुक्त सोनार फरार भएकाले ती प्रहरी हवल्दारलाई विभागीय कारबाही गरिने पनि पाण्डले बताए। फरार भएका अभियुक्तको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार