२४ घण्टामा उपत्यकामा १ हजार २७९ जनामा कोरोना संक्रमण

काठमाडौँ — २४ घण्टामा उपत्यकामा १ हजार २७९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौंमा ९०८ जना संक्रमित भएका छन् ।

बुधबार देशभरमा भने ४ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालयले आयोजना पत्रकार सम्मेलनमा सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६ हजार २९८ को परीक्षण गर्दा चार हजार १०७ जनामा संक्रमण भएको पुष्टि गरे । उनका अनुसार परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा २ हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा ४ हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।

यस्तै बुधबार एक हजार ५३५ संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार