अन्ततः हामी माझ रहनु भयन मोडल निशा घिमिरे

काठमाडौं। चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।
नर्भिक अस्पतालका अनुसार घिमिरेको उपचारका क्रममा आज साँझ ६ः५१ बजे मृ’त्यु भएकोे जनाएको छ ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको अस्पतालले जनाएको छ । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।

खाना पाइपबाट खुवाउने गरिय पनि शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन्।गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मिर्गौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएको छ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने-‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।’नर्भिक अस्पतालले ग्रसित भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो। उद्धार गरी निःशुल्क उपचार थालेको थियो।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार