साझा प्रकाशनको महाप्रबन्धकमा प्रल्हाद पोखरेल नियुक्त

काठमाडौं। साझा प्रकाशनको महाप्रबन्धकमा साहित्यकार प्रल्हाद पोखरेल नियुक्त भएका छन् ।

साझा प्रकाशन सञ्चालक समितिको बैठकले प्रशासनिक क्षेत्रमा समेत लामो समय काम गरेका पोखरेललाई महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

बुधबार पुल्चोकस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गरेका उनले साझा प्रकाशन नेपाली बाङ्मयको क्षेत्रमा गौरवपूर्ण संस्था रहेको उल्लेख गर्दै त्यसको गरिमा कायम हुने गरी कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार