युवा हितका लागि सहयोग गर्ने मुख्यमन्त्री पौडलको प्रतिबद्धता

मकवानपुर। वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले युवा हितका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बिहीबारअन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वाग्मती प्रदेश युवा परिषद हेटौँडा–४ हुप्रचौरस्थित कार्यालय उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

उनले युवा हितका लागि परिषदले उल्लेख्य काम गर्न सक्नुपर्ने भन्दै युवाको चौतर्फी विकास गर्ने कार्यक्रम ल्याउन सुझाव समेत दिएका थिए।मुख्यमन्त्री पौडेलले युवालाई स्वदेशमै रोजगार अवसर सिर्जना गर्न र उद्यमशील बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताए।

कार्यक्रममा सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले युवा मुलुकको गहना भएको उल्लेख गर्दै युवाका लागि खेलकुद, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा परिषद्ले काम गर्नुपर्ने बताए। उनले अब युवालाई रोजगारमूलक सीप सिकाउनुपर्नेमा जोड दिएकी थिइन।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार