अनेसासले हरेक वर्ष कविता महोत्सव गर्ने

अन्तरार्ष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले हरेक वर्ष राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म जयन्तीको अवसर पारेर ‘अनेसास कविता महोत्सव’ आयोजना गर्ने भएको छ ।  संस्थाका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ को अध्यक्षतामा सम्पन्न बैठकले वार्षिक रूपमा कविता महोत्सव गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता सम्पन्न गर्न वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा कविता महोत्सव आयोजक समिति गठन गरिएको छ ।

महोत्सवमा विश्वभरि फैलेर रहेका नेपाली भाषीले सेप्टेम्बर ६ तारिखभित्र inls.poemcontest@gmail.com मा कविता पठाइ सहभागिता जनाउन सक्ने बताइएको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार