थप ३ हजार ६५१ लाई संक्रमण, २२ को मृत्यु

काठमाडौं । सोमबार थप ३ हजार ६५१ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ४४५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ९ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ६ हजार १४९ मा परीक्षण गर्दा १ हजार ४२ लाई संक्रमण देखिएको छ।

कुल १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २२ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७८४ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ७१ हजार ८३  पुगेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार