कविता : फूलहरुको युद्ध

प्रेमका तीखा काँडामा
फूलिरह्यो गुलाब – प्रेममा सजिइरह्याे
युगौंयुग प्रस्तावको प्रतीक बनेर ।

सम्बन्धका तानमा
प्रेमको डोरीले उनिएर सयपत्री, सुपारी
वर्षौंदेखि पर्वमा पूजिँदै आए – उल्लासमा
– साथ दिए शोकका दुःखद पलहरुमा ।

तर,
बारीमा फुलेको बन्सो
किन सिउरिएन कसैले शीरमा?
कसैले दियो प्रेम प्रस्तावमा
बाटो छेउको बुकीफूल ऎँसुलेको फूल ?
चुत्राको फूल किन झरेर जान्छ नटिपिँदै !

एउटै धर्तीको छातीमा हुर्किएर
समान नभएका फूलहरु हेर्दा लाग्यो
भेदभाव बनाएको मानिसले नै हो
जो युद्ध चलाएर फूलमा समेत
आफू भने समानताका लागि लडिरहन्छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार