आँखा उपचार केन्द्र सञ्चालन

लमजुङका दुईवटा स्थानीय तहमा आँखा उपचार केन्द्र सञ्चालनमा आएका छन् । पोखरास्थित हिमालयन आँखा उपचार केन्द्रको समन्वयमा लमजुङका मध्यनेपाल र सुन्दरबजार नगरपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएका हुन् ।एउटा पनि सरकारी अस्पताल नभएको मध्यनेपाल नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् । शनिबार एक कार्यक्रमका बीच मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डेले आँखा उपचार केन्द्रको उद्घाटन गरेका हुन् ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै मध्यनेपालका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको नगरप्रमुख पाण्डेले दाबी गरे । “नागरिकको आधारभूत स्वास्थ्य सेवाका लागि नगरपालिका सधै गम्भीर छ,” नगर प्रमुख पाण्डेले भने, “आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।”
नगरपालिकाले कर्मचारी व्यवस्थापन गर्ने र आँखासम्बन्धी जाँच तथा उपचारका लागि आवश्यक उपकरण हिमालयन आँखा अस्पतालले व्यवस्थापन गर्ने गरी आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो । हाल भोर्लेटार स्वास्थ्य चौकीमा सञ्चालनमा आएको आँखा उपचार केन्द्रका लागि आवश्यक प्राविधिक जनशक्ती र थप सामग्री नगरपालिकाले व्यवस्थापन गर्ने जनाएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालय आँखा अस्पतालले पाँच लाखभन्दा बढीको उपकरण प्रदान गरेको मध्यनेपाल स्वास्थ्य शाखाका सहायक प्रमुख सूर्य पौडेलले जानकारी दिएका हुन् ।
आँखा उपचार केन्द्रमा मध्यनेपालसहित छिमेकी गाउँपालिका क्होलासोंथार र छिमेकी जिल्ला कास्कीको रुपमा गाउँपालिकाका नागरिकहरूलाई पनि सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
यसैबीच हिमालय आँखा अस्पताल पोखरा र सुन्दरवजार नगरपालिकाको समन्वयमा सुन्दरबजारको भोटेओडारमा पनि आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । हिमालयन आँखा अस्पताल र सुन्दबजार नगरपालिकाका बीच द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरी औपचारिक रूपमा भोटेओडार आँखा उपचार केन्द सञ्चालनमा आएको हो । भोटेओडारस्थित भक्ति आदर्श क्याम्पसको एक कोठामा सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रबाट सुन्दरबजारसहित दोर्दी र राईनासका नागरिकलाई समेत सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।
दुवै स्थानीय तहमा स्थापना गरिएका आँखा उपचार केन्द्रबाट आँखासम्बन्धी सम्पूर्ण रोगहरूको परीक्षण, साम%

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार