माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक, ओलीको आपत्ति

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ।

राजधानीमा बोलाइएको बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले बताएका छन्। बैठकले पछिल्लो राजनीतिक अवस्था, आगामी दिनको रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ।

नेता नेपाललाई आफू पक्षीय स्थायी कमिटी सदस्यहरुले एमालेमै मिल्न दबाब दिइरहेका छन्। यस्तोमा नयाँ पार्टी खोल्न चाहने नेताहरुको पकड रहेको केन्द्रीय कमिटी बैठक नेपालले बोलाएका हुन्।

नेता नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जानेबारे थप निर्णय लिन आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई काठमाडौंमा बोलाएका हुन्। नेपाल समूह अझै पनि एमालेमै बस्ने या छाडेर नयाँ पार्टी खोल्नेमा अलमलमा छ।

यसैबीच अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच भेटघाट गराउने तयारी भइरहेका बेला बैठक राखिएपछि एमालेले त्यसमा गम्भीर आपत्ति जनाएको हो।  संस्थापन अर्थात केपी ओली समूहले भोलिको बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपिल गरेका छन्।

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले डाकेको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन नेताहरुलाई आग्रह गरेको छ। माधव पक्षले एमालेका नाममा डाकेको बैठकलाई लिएर एमालेले बुधबार विज्ञप्ति निकाल्दै आपत्ति जनाएको हो।

‘नेपाल कम्यनिष्ट पार्टी एमाले केन्द्रीय कमिटीको नामबाट साउन २१ गते बैठक डाकिएको सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङले विज्ञप्तिमार्फत भनेका छन्, ‘साउन २१ गते एमाले केन्द्रीय कमिटीको बैठक नराखिएको सबैमा जानकारी गराउँदछु। पटक पटक एमालेको नामबाट अनधिकृत गतिविधि गरेर त्यसमा सहभागी हुने विषय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएकाले त्यो गतिविधिमा नलाग्न पार्टी कार्यकर्ताहरुमा अपिल गर्दछु ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार