२० करोड लगानीमा गाईपालन

सर्लाही ।  जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गरेीन् ।

उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गरिन् । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गरी सिलवालले अहिले १५० गाई पालेकी छिन् । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गरेकी सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाएकी छिा् ।

तीमध्ये ६५ गाईले दूध दिन्छन् भने ५२ ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिईन् । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उन बताइन् । उनको अनुसार गाईपालनमा जग्गासहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उनको भनाइ छ ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार