ललितपुर महानगर–१ : वडाध्यक्षमा कांग्रेसका बागी उम्मेदवार तन्डुकार विजयी
आइतबार, जेठ १, २०७९ / Sun. May 15, 2022
ललितपुर : ललितपुर स्थित हाम्रा फुलमून सम्वादाता आरोही ज्ञवालीका अनुसार ललितपुर महानगरपालिकाको १ नम्बर वडामा नेपाली कांग्रेसका बागी उम्मेदवार आफ्नो विजयी हात पार्न सफल भएका छन् ।
अरू वडामा भने मतगणना जारी रहेको छ । कतिपय वडामा भर्खर गणना सुरुगर्ने तयारीमा रहेको छ ।
कांग्रेसबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका निर्मल तन्डुकार वडाध्यक्षमा विजयी हुन सफल भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकै उम्मेदवार ध्रुवलाल तन्डुकारलाई पछाडि पार्दै जम्मा ६६१ मत ल्याएर उनी विजयी भएका हुन् । भने तन्डुकारले ४२५ मत ल्याएर पराजित भएका छन् ।
त्यसैगरी ललितपुरकै कोञ्ज्योसोम गाउपालिकामा एमाले उमेदवार कृण्णमान लामाले १५३३ मत पाउनु भएको छ भने उहालाई माओवादी केन्द्रका उमेदवार गोपिलाल सिन्तानले ९७५ मत ल्याएर पछ्याईरहेका छन भने राप्रपाका उमेदवार मान बहादुर तमाङले जम्मा ८४ मत प्राप्त गर्नु भएको ज्ञवालीको भनाइ छ ।