करेन्ट लागेर मृत्यु

दाङमा । करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

उनले घरका कोठामा बत्ती बाल्ने क्रमममा डाँगीलाई करेन्ट लागेको र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार