काठमाडौँ उपत्यकामा जोरबिजोर प्रणाली लागू

Fullmoonkhabar.com (Trusted portal for news and views from Nepal)

काठमाडौँ उपत्यकामा भोलि राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button
शुक्रबार, माघ ७, २०७८ / Fri. Jan 21, 2022

काठमाडौँ :  काठमाडौँ उपत्यकामा माघ ७ गते शुक्रबार राति १२ बजेदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ ।

कोरोना संक्रमण नियन्त्रण गर्नको लागि भन्दै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो ।

उपत्यकाका तीनवटै जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

यो निर्णय अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ । जोर बिजोरको निर्णय दुई पांग्रे सवारी साधनहरुमा पनि लागू हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *