कञ्चनपुरमा ठूला करदातालाई सम्मान

महेन्द्रनगर । कञ्चनपुरमा ठूला करदातालाई सम्मान गरिएको छ । दशौँ राष्ट्रिय कर दिवसका अवसरमा आज महेनद्रनगरस्थित मालिका फिलिङ सेन्टरका प्रोप्राइटर एवं अग्रज व्यवसायी प्रेमकुमार श्रेष्ठलाई सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले जनाएको छ ।

व्यवसायी श्रेष्ठलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कार्यालयका प्रमुख कर अधिकृत पुष्कर न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । त्यसैगरी दिवसका अवसरमा कर्मचारीतर्फ कार्यालयका नायब सुब्बा भीम विष्टलाई सम्मान गरिएको छ । ‘हरेक वर्ष कर दिवसमा बढी आयकर तिर्ने व्यापारी तथा व्यवसायीलाई सम्मान गरिँदै आएको छ’ सम्मानित नासु विष्टले भने ।

चालू आर्थिक वर्षमा दुई अर्ब ७१ करोड रुपैयाँ कर सङ्कलन गर्ने लक्ष्य राखेको कार्यालयले हालसम्म ६९ करोड दश लाख कर सङ्कलन गरेको जनाएको छ । ‘कोरोना कहरका कारण कर सङ्कलनमा गिरावट आएको छ ।’ उनले भने,’कर सङ्कलनको दायरा पनि कोरोनाको अवस्था सामान्य बन्दै गएसँगै बढिरेहको छ ।’

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार