गैँडाकोटस्थित राजमार्ग दुईतर्फी सञ्चालन

नवलपरासी । (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो । पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो ।

सोमबारदेखि पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरी बुधबार साँझबाट दुईतर्फी रुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडुले जानकारी दिए ।

बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भए पनि हिलो र दलदलका कारण सवारी वारपार गर्न भने सकेका थिएनन् । सोमबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको डाइभर्सन बुधबार साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको सूचना अधिकारी बडुले बताए ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार