एग्रो कृषि अवार्ड वितरण गरिने

काठमाडौँ । उत्पादनमा उत्कृष्ट योगदान पुर्याउने ५२६ कृषकलाई कृषि अवार्ड २०७८ बाट सम्मान गरिने भएको छ । एग्रो टाइम्स मिडिया नेटवर्कले जिल्लाका सबै किसानको प्रतिनिधित्व हुने गरी यस वर्षबाट सो अवार्डको घोषण गरिएको नेटवर्कका प्रबन्ध निर्देशक अशिम सापकोटाले बताए ।

किसानलाई प्रत्यक्ष प्रोत्सहान र उत्साह प्रदान गर्ने उद्देश्यले पहिलोपटक ‘एग्रो टाइम्स कृषि अवार्ड २०७८’ बाट एक जना किसानलाई राष्ट्रिय अवार्ड र ५२५ लाई विशेष कृषि अवार्ड प्रदान गर्न लागिएको हो ।अवार्ड प्राप्त गर्न कृषि क्षेत्रअन्तर्गतका विभिन्न क्षेत्रमा काम गरिरहेका व्यावसायिक कृषक तथा कृषि सहकारी संस्थाले समेत आवेदन गर्न सक्नेछन् ।

– रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार