परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी

रामपुर। कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगे । उनी परिक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बस्नु भएको थियो।

पहिलो दिन अनिवार्य अंग्रेजी विषय भएको हुँदा आफुले पढेका प्रश्न आउँलान् कि कस्ता खालका प्रश्न आउँलान्, सबै प्रश्नको उत्तर दिन सकिएला नसकिएला यस्तै–यस्तै मनभित्र करिब २० मिनेट कुरा खेलाउँदै विद्यालयको प्रवेशद्धार बाहिर बसिरिए । केहीबेरमा विद्यालयको प्रवेशद्धारमा शिक्षक आएर परीक्षा नहुने भन्ने जानकारी गराएपछि उहाँ निराश हुदै घर फर्कन बाध्य भए ।

“पहिलो दिन अंग्रेजी विषयको परीक्षा अरु विषय भन्दा दुख हुने हुँदा तयारी राम्रै गरेर गरेको थिए, बिहानै घरबाट करिब आधा घण्टाको पैदल हिँडेर हतार–हतार विद्यालय पुगे, परीक्षा नहुने खबर पाउँदा दुख लाग्यो, परीक्षाका लागि धेरै समय खर्चेर तयारी गरेको थिए”, उनले निराश हुँदै भने ।

–  रासस

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार