‘म फिल्मको स्टार हुँ भनेर बस्ने अवस्था छैन’: करिश्मा मानन्धर

नायिका करिश्मा मानन्धरले अहिलको अवस्थामा म चलचित्रको स्टार हुँ भनेर बस्ने अवस्था नभएको बताएकी छिन् ।

‘कतिपयले मलाई म्यूजिक भिडियो किन खेलेको भनेर भन्नुहुन्छ । तर, म चलचित्रको स्टार हुँ, चलचित्र मात्र खेल्नुपर्छ । मलाई मानिसहरुले हलमा मात्र हेर्ने हो भनेर बस्ने अवस्था अहिले छैन । म्यूजिकमा त्यस्तो कमजोरी के छ र ? अहिले ओटीटी प्लेटफर्ममा कति राम्रा चलचित्र आएका छन् । ती, चलचित्रमा स्टार कलाकारले काम गरेका छन् । मुख्यकुरा दर्शकमाझ पुग्नुपर्छ । गीतसंगीतले पनि दर्शकमाझ हामीलाई पुर्याइरहेका छन् ।’ करिश्माले भनिन् ।

नायिका करिश्मा मानन्धरको अभिनय लकडाउनपछि निर्माण भएका केही म्यूजिक भिडियोमा दर्शकले हेर्न पाएका छन् । करिश्माले राजेश हमाल, हरिवंश आचार्यदेखि पल शाह, केकी अधिकारी लगायतका कलाकारसँग भिडियोमा काम गरिसकेकी छिन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार