शेयर बजारमा ३.०३ अंकको गिरावट, कारोबार रकम भने उत्साहजनक

पुस १९, २०७९

काठमाडौं । लगातार बढिरहेको शेयर बजारमा आज करेक्शन आएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार ३.०३ अंकले घटेको हो । ०.१५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१६१.०६ अंकमा ओर्लिएको छ ।

आज २५७ कम्पनीका ८२ लाख २२ हजार ८ सय ३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७.९२ रुपियाँ बराबरको कारोबार भएको हो । यसरी हेर्दा नेप्से तल झरे पनि कारोबार रकम उत्साहजनक रह्यो ।

समग्रमा बजार घटे पनि विभिन्न ४ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । स्वेतगंगा हाइड्रो, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सको शेयर मूल्य क्रमशः १०, १०, ९.९९ र ९.९९ प्रतिशतले बढेको हो ।

यता वीन नेपाल लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ५.५९ प्रतिशतले घाटा व्यहोरेका छन् ।

नेप्सेका अनुसार आज हिमालयन डिस्टिलरीको उच्च कारोबार भएको उक्त कम्पनीको ४३ करोड १९ लाख ६४ हजार २ सय ३६.१० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।

साताको पहिलो दिन आइतबार बजार १७.२६ अंकले बढ्दा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १०.१९ रुपियाँ र हिजो सोमबार बजार १७.५६ अंकले बढ्दा २ अर्ब ९६ करोड ९ लाख २७ हजार ४ सय ४०।६७ रुपियाँ बराबरको कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार